१५ शैया अस्पताल भवन शिलान्यास कार्यक्रम -२०७९ सम्पन भएको छ |
रौतहटको राजपुर नगरपालिकाका मेयर डा. राजिक आलमले चुनाव जितेको ७ महिनामै ३ वटा प्रतिबद्धता पूरा गरेका छन । मेयरको उम्मेदवारी दिएर गरेको ५ वटा चुनावी प्रतिबद्धता मध्ये ३ वटा पूरा गरेका हुन् ।
सोमबार एक समारोहका बीच राजपुर नगरपालिकामा डाक्टर आलमले विधिवत् रुपमा १५ शैया अस्पताल भवनको शिलान्यास गरेका छन ।
मेयरको जिम्मेवारी पाएको मात्र  ७ महिनामा ५ वटा  मुख्य योजना मध्ये  २ वटा योजना यस अघि नै पूरा भइसकेको तथा तेस्रो काम  १५ शैया अस्पताल भवनको शिलान्यास  भएको मेयर आलमले बताए। 
चुनावी प्रतिबद्धता अनुसार यस अघि नगर अस्पतालमा अल्ट्रासाउन्ड संचालन र फतुवा पुलदेखि परोहा नगरपालिकाको सिमानासम्मको बाटोमा कालोपत्रे निर्माण गरिएको मेयर आलमले आफ्जानो मन्तब्य राख्दै जनतामा बताए । अल्ट्रासाउन्ड जडान पछि नगरभित्रका बिरामीको उपचारमा सहजता र कालोपत्रे निर्माणले वर्षायाममा पनि आवतजावत सहज भएको मेयर आलमले बताएका छन् ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

















